Tuesday 27 March 2018

च्याउ किन खाने ? यस्ता छन फाइदा

च्याउ किन खाने ? यस्ता छन् फाइदा

तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ ।

अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।
त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पु¥याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ।

च्याउ यस्तो अचम्मको वनस्पति हो, जसमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पुर्‍याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । तसर्थ हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।

च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।

च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।
त्यसैगरी, यसमा पाइने ‘बिटा ग्लुकान’ नामक तत्वले रगतमा ग्लुकोजको (कोलेस्टेरोल) मात्रा कम गर्न मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन् । बिटा ग्लुकानले रोग प्रतिरोधी क्षमता पनि वृद्धि गर्छ ।
च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।

च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ पनि पाइन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन) ले भोक कम लगाउन मद्दत गर्छ ।

उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।

यसैगरी, च्याउमा भिटामिन बी पनि प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरका विभिना काममा मद्दत पुर्‍याएर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कुनै पनि एउटा खाने कुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुनेगर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।

तर, सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । ‘जंगली च्याउ खाएर मृत्यु’ भन्ने समाचार हामीले सुनिरहेकै हौं । तसर्थ, नचिनेका र जंगली च्याउका साटो खानयोग्य च्याउलाई आफ्नो भोजनमा समावेश गरेर धेरैभन्दा धेरै फाइदा लिऔं ।
साभार :
शिशिर अनलाइन
(भट्टराईले न्युट्रिसन एन्ड डाइटेटिक्समा बिएससी गरेकी हुन्)

Wednesday 14 March 2018

HEALTH FOOD SUPPLEMENT SERIES

जी . एल. GL ( Gano celium):-

याे DXN कम्पनीको दाेस्राे महत्त्वपूर्ण खाद्यपूरक सामाग्री हाे।जुन १८ दिनकाे च्याउकाे जराबाट तयार पारिन्छ ।जी. एल. बिशेशत : शरीर भित्र अावश्यक काेषहरुकाे निर्माण गर्दछ।अार.जी ले शरीरलाई सफा गर्ने प्रक्रियामा काेष खालि भए ,बिग्रिएका भए टुटेफुटेका छन् भने यसले पुन: निर्माणमा नै महत्त्वपूर्ण भूमिका खेल्दछ।दुब्लो या पातलाे ब्यक्तिलाई अार. जी काे तुलनामा जी.एल. खाँदा अझ फाइदा (माटाे बन्न) हुन जान्छ।जी.एल. मा मुख्यतया अर्गानिक जर्मानियम ,मिनरल्स ,भिटामिन्सहरु ,पाेलिस्याकराइड,एमानाे एसिड अादि तत्वहरु भेटिन्छन् ।स्मरण शक्ति बढाउन ,नसाकाे काम गर्ने क्षमता बढाउन ट्यूमर हुनबाट राेक्न ,विषादीहरु सफा गर्न तथा दिमागि टनिककाे रुपमा पनि उल्लेख्य भुमिका खेल्दछ।अार. जी मा भन्दा जी. एल. मा अर्गानिक जर्मानियम चार गुणाकाे र पाेलिस्याकराइड अाठ गुणाकाे हाराहारीमा बढि पाइन्छ ।विशेसत: अार.जी र जी. एल सँगै प्रयोग गरिन्छ ।याे ३०,९० र ३६० क्याप्सुलकाे बट्टामा पाइन्छ ।

जी. एल मा पाइने सक्रिय तत्वहरु:-
✌पाेलिश्याकराईड
✌अर्गानिक जर्मानियम
✌एमानाे एसिड
✌मिनरल्स
✌भिटामिनहरु।

News Mushroom लाइभ स्ट्रिम

News Mushroom लाइभ स्ट्रिम